Lumbini Rise
चर्चित बक्सर जर्ज फोरम्यानको निधन


काठमाण्डौ – चर्चित बक्सर जर्ज फोरम्यानको ननिधन भएको छ । रिंगमा बिग जर्ज भनेर चिनिने अमेरिकी बक्सिङ खेलाडी जर्जको निधनबारे उनको परिवारले सामाजिक सञ्जालमार्फत जानकारी दिएको बीबीसीले जनाएको छ ।


जर्जले १९६८ मा १९ वर्षको उमेरमा ओलम्पिक स्वर्ण र २१ वर्षको अन्तरमा दुई पटक विश्व हेवीवेट उपाधि जितेका छन् । उनले आफ्नो जीवनकालमा पाँच पटक मात्र हारेका छन् । जर्जको जन्म सन् १९४९ जनवरी १० मा टेक्सासको मार्शलमा भएको थियो । ७६ वर्षको उमेरमा उनले संसार छाडेका हुन् ।

 

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update