Lumbini Rise
भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँदै

बुटवल -  नेपालमै अत्याधुनिक उपकरण जडित एडभान्स इन्टरनेशनल हस्पिटल सञ्चालनमा आउने भएको छ । रूपन्देहीको सिद्धार्थनगरमा बिरामीहरुलाई अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने गरी अस्पताल सञ्चालनको तयारी गरिएको हो ।

२ सय बेडको उक्त अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरिएको छ । ३ अर्ब ९२ करोड लागतमा अस्पताल निर्माण गरिएको हो । आगामि सेप्टेम्बरबाट सञ्चालनको तयारी स्वरुप विज्ञापन खुलाइएको अध्यक्ष कमल भण्डारीले बताए । 

हस्पिटलले १ सय २ जना चिकित्सक १ सय ९६ नर्स २० हेल्थ असिस्टेन्ट सहित अन्य कर्मचारी गरि ५ सय ७२ जनालाई रोजगारी दिने गरी विज्ञापन खुलाएको छ । हस्पिटलले निकालेको सूचना अनुसार कन्सलटेन्ट डाक्टरदेखि मेडिकल अफिसर नर्सिङ अधिकृत फार्मेसीदेखि ल्याबसम्मका विभागमा जनशक्ति माग गरिएको छ । 

यो अस्पतालमा नेपालमै अत्याधुनिक प्रविधिबाट उपचार गरिने छ । हस्पिटलमा हेलिप्याडको व्यवस्था गरिएको छ । काठमाण्डौ वाहिरका अस्पतालमा यो हेलीप्याड सहितको सुविधा सम्पन्न अस्पताल सम्वत पहिलो रहेको अध्यक्ष भण्डारीले बताए । एड्भान्सका संस्थापहरूसँग यसअघि नेपालगन्ज मेडिकल कलेज, सञ्जीवनी नर्सिङ कलेज र सिटी अस्पताल सञ्चालनको अनुभव छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update