भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा आउँदै
बिहीबार, जेठ २९, २०८२
बुटवल - नेपालमै अत्याधुनिक उपकरण जडित एडभान्स इन्टरनेशनल हस्पिटल सञ्चालनमा आउने भएको छ । रूपन्देहीको सिद्धार्थनगरमा बिरामीहरुलाई अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने गरी अस्पताल सञ्चालनको तयारी गरिएको हो । २ सय बेडको उक्त अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा जनशक्ति माग गरिएको छ । ३ अर्ब ९२ करोड लागतमा अस्पताल निर्माण गरिएको हो । आगामि सेप्टेम्बरबाट सञ्चालनको तयारी स्वरुप विज्ञापन खुलाइएको अध्यक्ष कमल भण्डारीले बताए ।