Lumbini Rise
गजेडीतालमा बसेर कलाकारले क्यानभासमा उतारे थरीथरीका चित्र  

रुपन्देही - रुपन्देहीका पर्यटकीय क्षेत्र गजेडीतालमा कलाकारहरूले क्यानभासमा थरिथरिका चित्र उतारेका छन् ।  रुपन्देही आसपास र काठमाडौँबाट आएका २० जना कलाकारहरूले कञ्चन गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको चित्र बनाएका हुन् । 

कन्चन गाउँपालिका रुपन्देहीको आयोजनामा  वडा नम्बर-१  स्थित दानापुरमा रहेको गजेडी तालमा कलाकारहरूले जीवन्त तस्बिर क्यान भासमा उतारे । शुक्रवार र शनिवार २ दिन आयोजित चित्रकला कार्यशालामा बनेका  चित्रहरूले जो कोही मोहित हुन्थेँ । चित्रकला कार्यशाला समापनमा पुगेका गाउँपालिकाका अध्यक्ष नवराज ढकालले चित्रकला प्रदर्शनीले लाेभ्याएकाे बताए । 

'सबैजसो क्षेत्रका पहिचान दिलाउने खालका चित्र बनेका रहेछन्' अध्यक्ष ढकालले भने -'कन्चन गाउँपालिकाको जीवन्तता देखियो ।' वर्तमानलाई भविष्यसँग जोड्न सक्ने कलाकार र कलामा राज्यको नजर पुग्न नसकेको बताउँदै अध्यक्ष ढकालले कला र संस्कृतिमा राज्यको नजर पुग्नुपर्ने बताए । कन्चनको समग्र रीतिरिवाज र चित्रकलाले देखाउन नसकेका कैयौँ कुराहरूलाई चित्रकलामा उतारिएकाले अब यसलाई कला घरको रूपमा विकास गर्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले चित्रकला मार्फत कन्चनको पहिचान र यस क्षेत्रको प्रवर्द्धनका लागि ठुलो योगदान पुर्‍याएकोले आगामी दिनमा यसलाई अझै परिष्कृत गर्दै लैजाने बत्ताइन।

कन्चनको प्राकृतिक क्षेत्रको विश्वसामु पुर्‍याउने उद्देश्यले गरिएको चित्रकला कार्यशालामा रहेका कलाकारहरूलाई धन्यवाद दिँदै उनले अझ ठुलो रूपमा कन्चनको पहिचान हुने गरी कार्यक्रम अगाडी बढाइने उपाध्यक्ष थापाले बत्ताइन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद पोख्रेलले नेपालको हरेक पालिकाहरूमा आ आफ्नै पहिचान भएकोले कन्चनमा पनि पर्यटक भित्र्याउने विभिन्न क्षेत्र रहेकोले यसको प्रवर्द्धनमा सबैको सहयोग हुनुपर्ने र गाउँपालिकाले समेत प्रवर्द्धनका लागि कार्यशाला गरेको बताउनुभयो।कार्यशालाले समग्र कन्चनको पहिचान यहाँको पर्यटकीय क्षेत्रको उजागर गर्दै आयआर्जनसँग यस क्षेत्रका गाउँवासीहरूमा समेत सहकार्य गर्ने बताए । 

कार्यशालाको लागि प्राविधिक सहयोग नेपाल व्यावसायिक कलाकार सङ्घ र नेपाल ललितकला प्रतिष्ठानले गरेको थियो। नेपाल व्यावसायिक कलाकार सङ्घका प्राज्ञ एचबी रम्तेलले पर्यटकीय क्षेत्रलाई  कलाको माध्यमबाट देशबिदेशमा चिनाउन यस्ता कार्यक्रमले कला ग्यालरीको रूपमा बिस्तार गर्दै लैजाने बताए ।

'कला मृत्युपछिको जीवन हो' भन्दै थापाले पुराना कलाले हाम्रा पुस्ताको वर्तमान, आज बुझ्ने अवसर मिलेको प्राज्ञ रम्तेलले बताए ।रम्तेलले कन्चनमा उल्लेख्य कार्यक्रम भएको बताउँदै आयोजकप्रति धन्यवाद ज्ञापन गरे । 

kanchan.JPG


कार्यक्रमको समापन समारोहमा कलाकारहरूले बनाएका चित्रकला क्यानभासलाई गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई हस्तान्तरण गरिएको थियो भने कलाकारहरूलाई समेत गाउँपालिकाले सम्मान पत्रसहित सम्मान गरेको थियो।

रुपन्देहीको बुटवल देखि करिब १७ किलोमिटर पश्चिम र साढे ६ किलोमिटर दक्षिणमा रहेको कन्चन गाउँपालिका वडा नम्बर १ मा रहेको दानापुर ताल अहिले ढकमक्क कमलको फूलले ढाकिएको छ।

यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको दैनिक हजारौँ अवलोकन गर्न आएका दानापुर सामुदायिक बनका प्रेम बहादुर थापाले बताएका छन्। १९ हेक्टर मा ताल र जम्मा ९२ हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गल भित्र रहेको तालमा गर्मी छल्नका लागि टाढा टाढाबाट पर्यटक आउने स्थानीय बताउँछन्।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update