गजेडीतालमा बसेर कलाकारले क्यानभासमा उतारे थरीथरीका चित्र
आइतबार, असार १, २०८२
रुपन्देही - रुपन्देहीका पर्यटकीय क्षेत्र गजेडीतालमा कलाकारहरूले क्यानभासमा थरिथरिका चित्र उतारेका छन् । रुपन्देही आसपास र काठमाडौँबाट आएका २० जना कलाकारहरूले कञ्चन गाउँपालिका वरपर भएका धार्मिक, पर्यटकीय स्थल र सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको चित्र बनाएका हुन् ।