Lumbini Rise
संगितमा रमाएकाहरु 

बुटवल- विश्वमै सरल र सहज भाषाका रूपमा संगितलाई लिइन्छ । भाषा नजान्नेहरूले पनि, शब्द नबुुझेपनि जो कोहीलाई मिठो धुन वा सङ्गीतले ध्यान तान्न सक्छ । सङ्गीत सबैलाई मन पर्छ सङ्गीतले मानिसहरूको ध्यानलाई तत्कालै तान्छ मानिसहरूको सङ्गीत सँग युगौँ युग देखीको नाता छ भन्दा पनि फरक पर्दैन सङ्गीतले मानिसको ओठमा  हाँसो ल्याइदिन्छ भने सङ्गीतले मानिसको आँखामा आँसु पनि ल्याइदिन्छ दिन्छ  ।

नजानिँदो तरिकाले सङ्गीतले मानिसहरूलाई परिवर्तन समेत गराईदिन्छ त्यसैले संगीतलाई सबै भन्दा ठुलो साहित्य पनि भन्ने गरिन्छ । बहुसङ्ख्यक मानिसहरू सङ्गीतमा झुम्ने गर्दछन् तर तिनै मिठा सङ्गीतका धुन निकाल्ने, सङ्गीतमा मिठास थप्ने अनि सबैलाई मन्त्रमुग्ध पार्ने सङ्गीतकारहरू भने सधैँ पर्दा पछाडि रहेका हुन्छन् ।

पर्दापछाडि रहेर सङ्गीतमा धुन भर्ने सङ्गीतकार हुन हेमन्त कान्छा रसाइली । हुन त हेमन्त कान्छा रसाइली अहिले लोक तथा दोहरीको क्षेत्रमा कलाकारका रूपमा पनि परिचित छन् । तर, उनको संगितयात्रा त्यही पर्दापछाडिको भूमिका अर्थात् वाद्यवादन अनि सङ्गीतकार नै हो । ‘मैलै १६ हजार भन्दा धेरै गीतहरूमा सारङ्गी बजाएको छु, कयौँ गीतहरूमा सङ्गीत भरेको पनि छु’ रसाइलीले विगत सम्झँदै भने–‘मिठो धुनलाई चिन्नेले हामीलाई चिन्दैनन् ।

उनले चलचित्र पूर्ण बहादुरको सारङ्गीको काँधे कुरी, दुस्मन हेरेको हेरै, रुकुमैकोट, अरेली काँडैले सकम्बरी, जाऊ साइँली बेनी बजार लगायतका गीतहरूमा सारङ्गी बजाएका छन् उनले एकै दिनमा २५ वटा सम्म गीतमा सारङ्गी बजाएका छन् ।  उनले आफुलै गाएका सबै गीतमा आफैले सारङ्गी बजाउने गरेका छन् ।   

रसाइलीले २० वर्ष देखी सारङ्गी बजाउँदै आएका छन् । तर, व्यवसायिक  रूपमा भने  बिगत १३ वर्ष देखी सारङ्गी बजाउँदै आएको उनले बताए । बजारमा सार्वजनिक भएका गीतहरूले सबै तिर चर्चा कमाउँछन् गायक गायिकाहरू गीत गाउन देश विदेश मेला महोत्सव सबै ठाउँ पुग्छन् । सबै तिर गीतको चर्चा हुन्छ,  गायक गायिकाहरूको हाई हाई हुन्छ तर गीत तयार पार्न आवश्यक पर्ने विभिन्न बाजाहरू बजाउने वाद्य बाधक भने सधैं ओझेलमा पर्छन् ।  

एउटा गीत पूर्ण गीत बन्नका लागी शब्द, लय, बाजाको संयोजन आवश्यक पर्छ । स्वर मात्रै राम्रो भएर पनि हुँदैन, शब्द र बाजाको ताल मिल्नुपर्छ । त्यसैले सङ्गीतकारको भूमिका महत्त्वपूर्ण हुन्छ । पर्दापछाडि बसेर गीतको सम्पूर्ण श्वास भर्ने काम गर्ने सङ्गीतकारहरू प्राय ओझेलमै बसेर काम गर्न रुचाउँछन् । यस्तै मध्येका एक मोफसलका सङ्गीतकार हुन सुरेश सेन्चुरी ।

‘पहिले–पहिले गीत रेकर्ड गर्दा लाइभ रेकर्डीङ्ग हुन्थ्यो, जसले गर्दा सबै बाध्य बाधक सँगै बसेर बाजा बजाउने गरिन्थ्यो’ सङ्गीतकार सेन्चुरीले विगत सम्झँदै भने –‘त्यतिखेर सबैको नाम आउँथ्यो, अहिले गीतहरू ट्र्याकमा गाउन थाले, गीत ट्र्याकमा गाउने चलनले गर्दा वाद्य बाधकहरू प्रत्यक्ष नदेखिएका कारणले पनि ओझेलमा परेका हुन ।’ बाजा बिना कुनै पनि गीतले पूर्णता नपाउने भएकाले वाद्यवादन र सङ्गीतकारलाई श्रोता र दर्शकले पनि चिन्नुपर्ने उनको तर्क छ । 

उनले आम नागरिकहरूमाझ चिनाउने सङ्गीतकार तथा बाद्यबादकहरुलाई सञ्चार क्षेत्रले पनि परिचित बनाउनुपर्ने बताउँछन् । सञ्चार माध्ययमहरुमा प्रसारण हुने सांगेतिक कार्यक्रमहरूमा वाद्यवादनको नाम लिन उनको सुझाव छ । सेन्चुरीले ६ सय भन्दा धेरै गीतमा सङ्गीत भरिसकेका छन् । उनले तबला, हार्मोनियम , मादल लगायतका बाद्यवादनहरु बजाउँछन् । 

सेन्चुरीले करिब ३ दर्जन भन्दा धेरै गीतहरूमा समेत आवाज भरेका छन् । उनले बुटवल, काठमाडौँ देखि बम्बई सम्म गीत सङ्गीतमा काम गरेका छन् । उनले लोक दोहोरी गीत, पप गीत, आधुनिक गीत, भोजपुरी गीतहरू लगायतमा सङ्गीत भरेका छन्।

‘कुनै पनि गीतमा बाजा बजाउने विषय निकै गाह्रो कुरो हो । सङ्गीत संयोजक जय देवकोटाले भने । उनले सङ्गीत संयोजन पनि गर्छन् जय देवकोटाले करिब २ सय भन्दा धेरै गीतमा सङ्गीत संयोजन गरि सकेका छन् । उनले मादल, हार्मोनियम लगायतका बाजा बजाउँछन् ।  उनले करिब १८ सय भन्दा धेरै गीतहरूमा समेत आवाज भरेका छन् ।

देवकोटाले गीत गाउँदा जति चर्चा हुन्छ गीतमा बाजा बजाउँदा त्यति चर्चा नहुने गरेको सुनाए । देवकोटाले गीतमा समेत बाध्य बाधकको नाम राख्ने चलन नभएकोले अव गीतमा सबै बाध्य बाधकको नाम राख्नु पर्ने बताए ।

देशभर सञ्चालन हुने अधिकांश मेला महोत्सवहरूमा बाजाहरू बजेका हुुन्छन्  । तर, यो क्रम अहिले बिस्तारै कम हुन थालेको छ। ‘जब गीतको अडियो तयार भई सकेपछि गीतको भिडियो बन्छ बजारमा भिडियो सार्वजनिक हुन्छ । गीतले चर्चा कमाउँछ । सार्वजनिक भएको भिडियोमा गायक गायिका शब्द लेख्ने लय बनाउने अभिनय गर्ने निर्देशन गर्ने एरेन्ज गर्ने सबैको नाम लेखिएको हुन्छ तर ती बाँसुरी, तबला, मादल, सारङ्गी, ढोलकी, गितार, सहनाई, लगायतका बाद्यवादकहरुको नाम नआउनु अर्को दुःखद पक्ष हो ।

गीत बजार सम्म पुग्दा  गीतको लागि मेहनत गर्ने ती सबै को नाम गीतका म्युजिक भिडियोमा राख्ने वातावरण बनेमा पनि ती पर्दा भित्रका हिरोहरूको चर्चा हुने थियो । 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update