Lumbini Rise
त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू निर्वाचन हुने

 

काठमाडौं  - काठमाडौंको त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियू निर्वाचन हुने भएको छ ।  निर्वाचन अधिकृत अङ्गदमणि गौतमले आज सूचनामा चैत १३ गते स्ववियू चुनाव हुने जानकारी गराएका छन् ।

उनका अनुसार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ । यसअघि चैत ५ गते नै चुनाव हुने भनेपछि विवाद र तालबन्दीका कारण रोकिएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update