Lumbini Rise
शान्ति समाज रुपन्देहीद्वारा लागुऔषध  दुर्व्यसन तथा यातना विरुद्ध सचेतना

बुटवल - मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवल योगिकुटी स्थित मणिमुकुन्द कलेजमा  करिब १५०विद्यार्थीहरूको उपस्थितिमा यातना पीडितहरूको सहायतार्थ राष्ट्रसङ्घीय दिवस तथा  लागुऔषध दुर्व्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) दुवै दिवसको अवसरमा यातना विरुद्ध  र लागुऔषध/मदिरा दुर्व्यसन विरुद्ध सचेतता कार्यक्रम सम्पन्न भएको छ । 

आज बिहान ७ बजेदेखि ८:३० बजेसम्म कलेजको सभा हलमा गरिएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य लालहरि पाण्डेले लागुऔषध दुर्व्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) असार १२ः लागुऔषध तथा मदिरा दुर्व्यसन विरुद्ध शान्ति समाजले तयार पारेको अवधारणा प्रस्तुत गर्दै अभिभावक, विद्यालय, समुदाय, सरोकारवाला, कार्यस्थल, युवाहरू मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । 

त्यस्तै  जिल्ला सदस्य सिता पौडेलले यातना पीडितहरूको सहायतार्थ राष्ट्रसङ्घीय दिवस (२६ जुन) असार १२ः यातना उन्मुलनमा केन्द्रित शान्ति समाजको तयार पारेको अवधारणा पत्र प्रस्तुत गर्दै यातना कुनै हालतमा क्षम्य नहुने बताए । 

अवधारणा पत्र उपर कार्यक्रममा उपस्थित प्राध्यापक, विद्यार्थीहरूले आफ्नो भनाइ राखेका थिए। व्यवस्थापन सङ्काय संयोजक पशुपति चौधरीले शान्ति समाजले मणिमुकुन्द कलेज छनौट गरेर  लागु औषध तथा मदिरा दुर्व्यसन र यातना उन्मुलनको सचेतता कार्यक्रम गरेकोमा आभार व्यक्त गर्दै  निरन्तर यस्तै  महत्त्वपूर्ण कार्यक्रमहरू गर्नको लागि आग्रह गरे । 

योग गुरु समेत रहनुभएका कलेजका प्राध्यापक राम प्रसाद शर्माले लाग औषध/मदिरा दुर्व्यसन असर र बच्ने उपायहरू बारे विशेष प्रशिक्षण दिँदै दुर्व्यसनीको डरलाग्दो अवस्थाबाट जोगाउन सबै लाग्नु पर्नेमा जोड दिए । 

शान्ति समाजका जिल्ला सभापति अर्जुन ज्ञवालीले जन्म र मृत्यु बिचको यो अनमोल जीवनलाई असल कार्यमा लगाइ  आफू,  परिवार र समाजलाई सभ्य र सुसंस्कृत बनाउन सबैलाई आग्रह गर्दै प्राणी जगतको सर्वश्रेष्ठ प्राणी-मनुष्यजातीलाइ लागु औषध, मदिरा दुर्व्यसन बचाउन नयाँ युगका नौजवान युवा विद्यार्थीहरू जुटेर अभियानमा लाग्नु पर्नेमा जोड दिए । 

उहाँले कसैलाई पनि यातना दिन नपाइने र यातना दिने वा आदेश दिनेलाई कडा कानुनी कार्यवाही गर्नुपर्नेमा जोड दिए ।  विद्यार्थी सृजन ढकाल र गरिमा काफ्लेले किशोर किशोरी, युवा विद्यार्थीहरू मदिरा, लागु औषध दुर्व्यसनीमा दिनानुदिन फसेको देख्दा निकै चिन्ता लागेकोले  यस विरुद्ध शान्ति समाजको अभियानमा जोडिएर  हिँड्न आफूहरू तयार रहेको बताए । 

शान्ति समाजका केन्द्रीय सदस्य रत्न कँडेल, कलेका प्राध्यापक, कर्मचारीहरू उपस्थिति रहेको कार्यक्रम जिल्ला सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, कोषाध्यक्ष मोहनीलाल न्यौपानेको स्वागत तथा सहसचिव अर्जुन कुवरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update