शान्ति समाज रुपन्देहीद्वारा लागुऔषध दुर्व्यसन तथा यातना विरुद्ध सचेतना
बिहीबार, असार १२, २०८२
बुटवल - मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवल योगिकुटी स्थित मणिमुकुन्द कलेजमा करिब १५०विद्यार्थीहरूको उपस्थितिमा यातना पीडितहरूको सहायतार्थ राष्ट्रसङ्घीय दिवस तथा लागुऔषध दुर्व्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) दुवै दिवसको अवसरमा यातना विरुद्ध र लागुऔषध/मदिरा दुर्व्यसन विरुद्ध सचेतता कार्यक्रम सम्पन्न भएको छ । आज बिहान ७ बजेदेखि ८:३० बजेसम्म कलेजको सभा हलमा गरिएको कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य लालहरि पाण्डेले लागुऔषध दुर्व्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस ( २६ जुन) असार १२ः लागुऔषध तथा मदिरा दुर्व्यसन विरुद्ध शान्ति समाजले तयार पारेको अवधारणा प्रस्तुत गर्दै अभिभावक, विद्यालय, समुदाय, सरोकारवाला, कार्यस्थल, युवाहरू मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।