Lumbini Rise
बुटवल मोतीपुरमा रोपाईँ महोत्सव  (तस्विरहरु)

बुटवल – लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा राष्ट्रिय धान दिवसका अवसरमा रोपाई गरेर मनाइएको छ । आईतबार बुटवल लगायतका क्षेत्रमा पनि रोपाईँ गरिएको हो ।

बुटवल उपमहानगरपालिकाले बुटवल वडा न. १९ मोतीपुरमा राष्ट्रिय धान दिवसको अवसरमा रोपाई महोत्सव गरेको छ । रोपाई महोत्सवमा नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल सहित जनप्रतितिहरु सहभागी भए ।

बुटवलको मोतीपुर क्षेत्रमा आईतबार किसानहरु पनि रोपाईमा सरिक भए । खेतीका लागि पछिल्लो समय खेताला नपाउने र मल विउको समेत अभाव हुने गरेको किसानहरुको भनाई छ ।

बुटवल १९ मोतीपुरमा रोपाईका लागि विउ काड्दै गरेका सूर्य गलामीले एक विगाहा खेतमा रोपाईँ गर्न परिवारका सदस्यहरु सहित खटिएको बताए । उनका अनुसार खेतालाहरु नपाएकाले बाध्यताले खेत बाँझै नहोस् भनेर रोपाईँ गर्ने गरेका हुन्। 

IMG_0494-1751186156.JPG

तराईका जिल्लाहरुमा मध्यअसारसँगै रोपाईँ बल्ल शुरु भएको छ  । लुम्बिनी प्रदेशको १२  जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन् । प्रदेशका १२ जिल्लामा गरी कूल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ । 

यसमध्ये तीन लाख दुई हजार नौ सय ३९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तर अहिलेसम्म २९ हजार २५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ हुने कृषि निर्देशनालय लुम्बिनीले जनाएको छ । रुपन्देहीमा ६० हजार पाँच सय ६७ मध्ये करिव १० प्रतिशतमा मात्रै रोपाई भएके जनाइएको छ । 

IMG_0506-1751186209.JPG

ropai--(5)-1751186212.jpg

ropai--(4)-1751186209.jpg

ropai--(2)-1751186208.jpg

IMG_0475-1751186205.JPG

IMG_0503-1751186206.JPG

IMG_0494-1751186156.JPG

ropai--(1)-1751186139.jpg

ropai--(3)-1751186129.jpg

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update