
गुल्मी – गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्लालाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक टिबी गुरुङले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् ।
उनले सुनिश्चताको प्रमाणपत्र जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्री र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापालाई प्रदान गरेका थिए । जिल्लाका दुई नगर र १० गाउँपालिकाल पूर्ण खोप दिगोपना सुनिश्चितता गरेपछि जिल्लालाई घोषणा गरिएको हो ।
गुल्मी जिल्लालाई २०७१ साल चैत ३० गते नेपालमै सातौं जिल्लाको रूपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्ने गरिएको छ ।
स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले पूर्ण खोप जिल्ला घोषणाको चरण र अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जिल्लामा खोपकेन्द्र ३३२ र सबै पालिकामा खोप भण्डारण उपकेन्द्र छन् ।