गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बिहीबार, असार १९, २०८२
गुल्मी – गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा भएको छ । जिल्लालाई लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक टिबी गुरुङले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरेका हुन् । उनले सुनिश्चताको प्रमाणपत्र जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्री र स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापालाई प्रदान गरेका थिए । जिल्लाका दुई नगर र १० गाउँपालिकाल पूर्ण खोप दिगोपना सुनिश्चितता गरेपछि जिल्लालाई घोषणा गरिएको हो ।