Lumbini Rise
लुम्बिनी होटेल सङ्घद्वारा मानव सेवा आश्रममा भोजन दान कार्यक्रम

बुटवल – लुम्बिनी होटेल सङ्घ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानव सेवा आश्रममा भोजन दान कार्यक्रम गरेको छ । सङ्घको सातौँ स्थापना दिवसको अवसरमा शुक्रवार आश्रममा भोजन दान कार्यक्रम गरिएको संस्थाले जनाएको छ। 

कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले स्थापना दिवस मानव सेवा आश्रममा मनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताए । सङ्घका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले मानव सेवा आश्रमको स्वच्छ वातावरण हेरेर खुसी लागेको बताए । उनले यो आश्रममा थप सहयोगका लागि विदेशी सङ्घ–संस्थासँग पहल गर्ने बताए । 

मानव सेवा आश्रमको लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले हाल आश्रममा १४० जना रहेको जानकारी दिनुभयो । उहाँले २०६९ साल भदौ १६ गते हेटौँडाबाट मानव सेवा आश्रम स्थापना भएको बताइन उनले कोही पनि खाना र कपडाबाट वञ्चित भई कष्टकर जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले मानव सेवा आश्रमको स्थापना भएको बत्ताइन । 

कार्यक्रममा लुम्बिनी होटेल सङ्घका महासचिव पुरुषोत्तम अर्याल सहित पदाधिकारी, सदस्यहरू लगायतको उपस्थिति थियो । 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update