
बुटवल - जलवायु परिवर्तनको मारले देशवासीले भोग्नु परेको समस्यालाई मध्य नजर गरी पर्यावरण सन्तुलनमा केही भएपनि राहातको अनुभव दिलाउनका लागि रोटरीयनहरुले शनिवार ५० हजार विरुवा रोपण गरी हरित अभियानमा टेवा पराएका छन्।
रोटरी ३२९२का डिष्ट्रिक गर्भनर विनोद कोईरालाको विशेष पहलमा देशभरी नै शनिवार वृक्षारोपण गरिएको हो । सोही अभियान अन्तर्गत रोटरी क्लव अफ बुटवलको अगुवायीमा यस क्षेत्रमा क्रियाशिल रोटरीयनहरुको सहभागितामा बुटवल वेलवास वेथरी सडकको किनारामा ५ सय विरुवा रोपण गरिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले बताए ।
त्यस्तै पाल्पाको बसन्तपुर रोटरी सामुदायीक ग्राममा पनि शनिवार नै ३ सय विरुवा रोपण गरिएको अध्यक्ष पराजुलीले बताए । विशेष गरि गुलमोर र सितल चीनीका विरुवा रोपण गरिएको हो ।
सौन्दरीकरण संगै पर्यावरणमा सन्तुलन ल्याउन टेवा पुग्ने लक्ष्य सहित देशैभरी एक साथ वृक्षा रोपण गरिएको अध्यक्ष पराजुलीको भनाई रहेको छ ।
वृक्षारोपण कार्यक्रममा रोटरी क्लव अफ बुटवलसंगै यस क्षेत्रमा सक्रिय रहेका रोटरीयनहरुको वाक्लो उपस्थिती रहेको सचिव शिव ज्ञवालीले बताए ।