Lumbini Rise
तिलोत्तमा–६ मा खुल्ला व्यायामशाला उद्घाटन

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा खुल्ला व्यायामशालाको उद्घाटन गरिएको छ । वडाबासीलाई स्वास्थ्य सेवा प्रवाह गर्दै वडा नम्बर ६ को पुरानो सडकमा खुल्ला व्यायामशाला सुरु गरिएको हो ।

उक्त व्यायामशालाको शनिबार नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गर्दै नागरिक स्वस्थ भए नगरको विकास गर्न सहज हुने बताए ।

उनले  भौतिक पूर्वाधार मात्र नभइ मानिसको स्वास्थ्य महत्वपूर्ण विषय भएको उल्लेख गरे। उनले मानिसलाई रोग हुन नदिन व्यायामशालामा राखिएका उपकरणले सघाउने बताए। स्वास्थ्य र सुन्दरता एउटै सिक्काका दुई पाटा भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।

वडाको सिलिङ बजेटबाट साढे ६ लाख र स्वास्थ्य मन्त्रालयको सहयोगमा व्यायामका उपकरण प्राप्त भएको तिलोत्तमा–६ का वडाअध्यक्ष गणेश पाठकले बताए । व्यायामशालामा थप उपकरण ल्याइ बालबालिकालाई समेत खेल्न, रमाउन मिल्ने गरी पूर्णता दिने उनको भनाइ छ ।


 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update