Lumbini Rise
किन पक्राउ पर्दैनन् डिङगरनगर दुरगामी सहकारीका सञ्चालक 

बुटवल– रूपन्देहीमा सहकारीको रकम अपचलन गरेको अभियोगमा रास्वपाका सभापती रवि लामिछाने रुपन्देही कारगारमा छन् । तर, रूपन्देहीको तिलोत्तमा स्थित डिङगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको करोडौं रकम अपचलन गरेकाहरुलाई भने सरकारले पक्राउ गर्न सकेको छैन ।

असार १७ देखि फरार  सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थाप फरार छन् । दुवैजनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, उनीहरुलाई प्रहरीले पक्राउ गरेको छैन । बचतकर्ताहरुले आफूहरुको रकम हिनामिना गर्नेहरुलाई पक्राउ नगरेकोमा आश्चयर्क प्रकट गरेका छन् ।

 तिवारी र थापा दुवै नेपाली कांग्रेसका स्थानीय नेता हुन् । गृहमन्त्री रमेश लेखक नेपाली कांग्रेसकै भएकाले पक्राउ नगरेको त होईन ? भनेर बचतकर्ताहरुले बारम्बार प्रश्न उठाएका छन् ।  सहकारीका करिब दुई हजार बचतकर्ताको रकम पदाधिकारीको निजी खातामा जम्मा गरिएको छ । यतिमात्रै होईन व्यक्तिगत तजबिजमा लगानी गर्नेदेखि लिएर ऋण नलिएका व्यक्तिहरूको नाममा समेत ऋण देखाएर बदमासी भएको छ । 

करोडौं बचत अपचलनको तथ्य बाहिरिएपछि तीन सय बढी बचतकर्ताहरुले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकहरुविरुद्ध निवेदन दिएका थिए । आन्तरीक मूल्यांकनमा सहकारीको करिब ३० करोड रकम अपचलन भएको र १० करोड बढी हिनामिना भएको छ । 

सहकारीका ५८५ ऋणीमध्ये करिब ५० जनालाई धितोविना नै ऋण प्रवाह गरेको पाइएको छ । यस्तो आम नागरिकको रकममाथि हालीमुहाली गरेकाहरुलाई सरकारले पक्राउ गर्न नसक्नु आफैमा विडम्बनापूर्ण हो ।

सहकारीका  हजार बचतकर्ताको रकम बैंकमा जम्मा नगरी अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतोमा निजी खातामा जम्मा गरेर तजविनमा लगानी गर्ने कार्य कतिसम्मको लापरवाही हो ।

रुपन्देहीमा सहकारीको रकम अपलचन गरेको अभियोगमा रास्वपाका सभापती रवि लामिछानेलाई थुन्ने तर, पक्राउ आदेश भएको महिनादिनसम्म पनि पक्राउ गर्न प्रहरी प्रशासनले सक्रियता नदेखाउनु आफैमा गैरजिम्मेवार मात्रै छैन् सरकार कतै प्रतिशोध त साँधिरहेको छैन भन्ने प्रश्न उब्जाइदिएको छ ।

रुपन्देहीको दुरगामी बहुउदेश्यीय सहकारीको अपचलन समसया हल नहुने र त्यसमा संलग्नलाई कारवाही नगरे यसले सहकारीप्रति क्रमश विश्वास गुम्दै जानेछ ।

 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update