Lumbini Rise
साधना कला केन्द्रद्धारा मिस तीज अफ स्कूलको पाँचौ संस्करण सुरु 

बुटवल– साधना साँस्कृतिक कला केन्द्र बुटवलले मिस तीज अफ स्कूल- २०८२ को पाँचौ संस्करण शुरु गरेको छ । तीज पर्वको अवसर पारेर ५ देखि १२ बर्षसम्मका बालिकाहरुविच सौन्दर्य प्रतिस्पर्धा गराउने गरी निस्तिज अफ स्कूल शुभारम्भ गरिएको हो। 

शनिबार कलाकेन्द्रका सञ्चालक अनु रजक, प्रबन्ध निर्देशक प्रियन्का थापा, कार्यक्रम संयोजक अभिषेक भारी सहित प्रतिस्पर्धी ३० बालिकाहरुले संयुक्त रुपमा केक काटेर शुभारम्भ गरेका हुन् । बालिकाहरुको आत्मविश्वास बढाउने उदेश्यले प्रत्येक बर्ष गरिने प्रतियोगिताको फाईनल प्रतिस्पर्धा साउन ३१ गते हुनेछ । 

रुपन्देहीका विभिन्न विद्यालयमा अध्ययनरत ३० जना बालिकाहरुविच  चार वटा चरणमा प्रतिस्पर्धा गराईने प्रबन्ध निर्र्देशक थापाले बता्ए । उनका अनुसार बालबालिकाहरुलाई अबको १५ दिन विभिन्न बिषयमा तालिम दिएर ३१ गते प्रतिस्र्धामा सहभागी गराईनेछ । विजेतालाई नगद १५ हजार शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिने कार्यक्रम संयोजक अभिषेक भारीले बताए । 

यस्तै प्रतियोगितामा द्धितिय, तृतिय र सात्वना हुनेलाई क्रमश १० हजार, ८ हजार, ५ हजार नगद सहित प्रमाणपत्र र शिल्डले पुरस्कृत गरिनेछ। बालिकाहरुको आत्मविश्वास, सौन्दर्य कला सिकाउने उदेश्यले आफूहरुले रुपन्देही क्षेत्रमा मिस तीज अफ स्कूल निरन्तर प्रतियोगिता गर्दै आइरहेको कलाकेन्द्रका सञ्चालक अनु रजकले बताए । 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update