साधना कला केन्द्रद्धारा मिस तीज अफ स्कूलको पाँचौ संस्करण सुरु
शनिबार, साउन १७, २०८२
बुटवल– साधना साँस्कृतिक कला केन्द्र बुटवलले निस्तिज अफ स्कूल- २०८२ को पाँचौ संस्करण शुरु गरेको छ । तीज पर्वको अवसर पारेर ५ देखि १२ बर्षसम्मका बालिकाहरुविच सौन्दर्य प्रतिस्पर्धा गराउने गरी निस्तिज अफ स्कूल शुभारम्भ गरिएको हो । आईतबार कलाकेन्द्रका सञ्चालक अनु रजक, प्रबन्ध निर्देशक प्रियन्का थापा, कार्यक्रम संयोजक अभिषेक भारी सहित प्रतिस्पर्धी ३० बालिकाहरुले संयुक्त रुपमा केक काटेर शुभारम्भ गरेका हुन् ।