Lumbini Rise
लगातारकाे बर्षाले सिद्वबाबा क्षेत्रकाे यात्रा जाेखिमपूर्ण 

बुटवल -  बुटवल पाल्पा सडकमा सवारी आवजावत जाेखमपूर्ण देखिएकने छ । आईतबारदेखिको निरन्तरको वर्षाका बुटवल पाल्पा सडकखण्डका विभिन्न ठाउमा पहिराे जानेक्रम रहेकाले जाेखिम देखिएकाे हाे ।

साेमबार बर्षातले पहिराे जाने र हटाउने गर्दै सवारी चलाईएकाे नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए ।

उनले दिउसाे केहिबेर सडक अबरूद्व भएपनि पहिराे हटाएपछि सञ्चालन गरिएकाे  बतमए । "जाेखिम धेरै।देखिएकाे छ, बर्षात भईराखेकाले राती सडक बन्द गर्छाै' उनले भने । 
सिद्धाबाबा क्षेत्रमा लगातारको वर्षाका कारण स–साना पहिरो खसेको र जोखिम बढेकाे छ । 

 सिद्वबाबा क्षेत्रमा छिनमै पहिराे जाने र अबरूद्व हुनेक्रम चलिरहेकाे छ ।  जाेखिम देखिएकाले आवतजावत नगर्न समेत आग्रह गरिएकाे छ । 

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update