Lumbini Rise
कार्य सम्पादनमा तिलोत्तमा देशकै दोस्रो, लुम्बिनीमा पहिलो

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को आर्थिक वर्ष २०८०-०८१ को नतिजामा कार्यसम्पादनमा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार प्रकाशित सूचनामा तिलोत्तमा नगरपालिकाले कार्यसम्पादन नतिजामा देशकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो स्थानियतहका रुपमा छनौट भएको उल्लेख गरिएको छ । 

तिलोत्तमाले अघिल्लो आर्थिक वर्ष कै दोस्रो स्थानलाई यर्थावत कायम राखेको नगरपालिकाले जनाएको छ । गाउँपालिका, नगरपालिकाको कार्यप्रकृया र उपलब्धीको लेखा जोखा गरी शासकिय प्रकृया र विकास व्यवस्थापनमा गर्नु पर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानिय सरकार बीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानिय तह संस्थागत क्षमता स्वमूल्याकंनको आर्थिक वर्ष २०८-०८१ को नतिजाको गुणस्त्तर परिक्षणको कार्य आर्थिक वर्ष ०८१-०८२ मा सम्पन्न भएको हो । 

तिलोत्तमा संगै गुल्मीको रुरुक्षेत्र गाउंपालिका  छैटौ स्थानमा छनोट भएको छ । त्यस्तै चितवनको खैरहनी नगरपालिका  प्रथम भएको छ । अघिल्लो आर्थिक वर्षमा प्रथम भएको धादिङको नीलकण्ठ नगरपालिका यस पटक तेस्रो भएको छ ।

त्यस्तै स्याङजाको अर्जुन चौपारी गाउंपालिका चौथो र धादिङकै बेनीघाट गाउंपालिका पांचौस्थानमा छनोट भएको छ ।  

छनौट भएका पालिकाहरुलाई यही भाद्र ६ गते सङीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलको सभाहलमा सङीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सम्मान गर्ने कार्यक्रम मन्त्रालयले तय गरेको छ ।

सम्मान लिनका लागि छनोटमा परेका पालिकाहरुवाट नगर प्रमुख वा पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई निमन्त्रण गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update