लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुँदै
बुधबार, जेठ १४, २०८२
लुम्बिनी - लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन हुने भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको सम्मेलनको भोली (शुक्रवार) लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बिच उद्घाटन गर्नेछन् । लुम्बिनी, गौतम बुद्धको जन्मभूमि र विश्व सम्पदा क्षेत्र समेत रहेकाले यस प्रकारको सम्मेलनका लागि आदर्श स्थानको रूपमा रहेको विश्वविद्यालयले जनाएको छ ।