लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु
शुक्रबार, जेठ १६, २०८२
लुम्बिनी – लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन शुरु भएको छ । लुम्बिनी प्रदेशको आर्थिक विकास तथा बौद्ध पर्यटन केन्द्रीत रही आर्थिक शिखर सम्मेलन आयोजना गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरे ।