बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल
शुक्रबार, जेठ १६, २०८२
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अर्थमन्त्री पौडेलले बिहीबार संसद्मा प्रस्तुत भएको बजेटबारे शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन।उनले बजेट कार्यान्वयनका लागि साउन नकुर्ने र आजैबाट कार्यान्वयन प्रक्रिया थालनी गर्ने बताए ।