समग्रमा बजेट राम्रो, स्रोत व्यवस्थापनमा चुनौती
शुक्रबार, जेठ १६, २०८२
बुटवल: सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गरेको बजेटलाई सकारात्मक रूपमा दिँदै बुटवल उद्योग वाणिज्य संघले स्रोत व्यवस्थापनमा चुनौती औँल्याएको छ । संघले शनिवार बजेटको बारेमा संस्थागत धारणा सार्वजनिक गर्दै सरकारले निजी क्षेत्रबाट प्रस्तुत गरिएको कर तथा राजश्व र पूर्वाधारमा प्रस्तुत गरिएको राय सुझावहरूलाई सकारात्मक लिएको उल्लेख गरेको छ । यसले सरकार र निजी क्षेत्र बिच विश्वासिलो वातावरण निर्माण गर्न सहयोग हुने पनि संघले विश्वास गरेको छ ।