पुरुषको मौनता: असहयोगका अदृश्य कारणहरू?
शनिबार, जेठ १७, २०८२
दाम्पत्य जीवनमा असहयोगको मुद्दाले अक्सर महिलाको पीडालाई मात्र उजागर गर्छ, तर पुरुषको असहयोगी व्यवहारका पछाडिका जटिल मनोवैज्ञानिक र सामाजिक कारणहरू प्रायः छायामा पर्छन्। के पुरुषहरू जानीजानी असहयोगी हुन्छन्, वा उनीहरू स्वयं अदृश्य दबाब र अपेक्षाका सिकार हुन्?