प्रदेशस्तरीय यु–१६ क्रिकेटमा रूपन्देही च्याम्पियन
शनिबार, जेठ १७, २०८२
भैरहवा- लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रुपन्देहीको टिम च्याम्पियन बनेको छ । भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई ६२ रनले पराजित गर्दै रुपन्देही च्याम्पियन बनेको हो । रुपन्देहीको जितमा लक्ष्मण कुमालले उत्कृष्ट बलिङ गरे । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ३५ ओभरमा २४ ओभर ५ बल खेल्दै सबै विकेट गुमाउर १ सय ३१ रनको मध्यम योगफल बनायो ।