रूपन्देही व्यापार संघको सहयोगमा लुम्बिनी अस्पतालभित्रै ब्लड बैंक स्थापना
शनिबार, जेठ १७, २०८२
बुटवल – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार करिब ३ सय जनाले एकसाथ रक्तान गर्दै रक्तसञ्चार केन्द्रको शुभारम्भ गरिएको छ । रुपन्देही व्यापार संघको १ करोड ५८ लाख २० हजार लागतमा खरिद गरिएको उपकरण सहयोगमा अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको हो । रुपन्देही व्यापार संघको उपकरण सहयोग तथा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने रक्तसञ्चार केन्द्रमा शनिबार २ सय ९७ जनाले रक्तदान गरेका छन् । केन्द्रको समुद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यस प्रकारको दानमा जोडिन सबैमा आह्वान गरे ।