सकियाे लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन
शनिबार, जेठ १७, २०८२
लुम्बिनी- प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवर्द्धन गर्न सबै तहमा बुद्धको अवधारणा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकाल्दै लुम्बिनीमा आयोजित दुई दिने लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन आज सम्पन्न भएको छ ।“समृद्ध प्रदेश, खुसी नागरिक” को लक्ष्य हासिल गर्न बुद्धको अवधारणालाई शासन पद्धतिका आयामहरूमा प्रयोग गर्नुपर्नेमा सरोकारवालहरू प्रतिबद्ध भएका हुन् ।