तिलोत्तमा नगरपालिका र क्रिमसन अस्पतालबीच ‘आमा सुरक्षा कार्यक्रम’ को सम्झौता
आइतबार, जेठ १८, २०८२
बुटवल- तिलोत्तमा नगरपालिकाले आमा सुरक्षा कार्यक्रम सञ्चालन सहित सबै प्रसूति सेवा निःशुल्क गर्नेगरि सम्झौता गरेको छ । तिलोत्तमा नगरपालिकामा सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले क्रिमसन अस्पतालसँग ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न महत्वपूर्ण सहमति गरेको हो । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र क्रिमसन अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद पाण्डेबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो।