गाडी नचल्दा सर्वसाधारणदेखि पर्यटकसम्मलाई सास्ती (भिडियो)
सोमबार, जेठ १९, २०८२
बुटवल– यातायात व्यवसायीहरुले सवारी साधन ठप्प पार्दा सर्वासाधरणले पाउनुसम्मको सास्ती पाएका छन् । बुटवल सहित लुम्बिनी प्रदेशका मुख्य सहरी क्षेत्रमा लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन नचलेपछि यात्रुले सास्ती पाएका हुन् । यातायात व्यवसायीहरुले आफ्नो माग पूरा गराउने नाममा आन्दोलन गर्दा सर्वसाधरणको विचल्ली भएको हो । सुर्खेत भेरीगंगा नगरपालिका– १ का देवीलाल जैसी सासूको अन्तयेष्टिमा पुग्नका लागि भनेर काठमाडौंबाट हिँडेकोमा बुटवलमा अलपत्र परेका छन ।