तिलोत्तमा वडानम्बर १४ ले गर्यो सार्वजनिक सुनुवाइ
मंगलबार, जेठ २०, २०८२
रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिका वडानम्बर–१४ ले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ।साबिक टिकुलिगढ गाबिसबाट बनेको वडा नम्बर–१४ ले वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो । वडा अध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अध्य्क्ष पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष पौडेलले वडाका निमाण योजना र कार्यक्रम सम्पन्न गरेपश्चात हरेक बिकासका योजनाहरू पारदर्शी हुनुपर्ने भन्दै वडाले सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेको बताए।