माओवादी केन्द्रले शुभकामना आदान प्रदान गरेर मनायो छुवाछूत उन्मूलन दिवस
बुधबार, जेठ २१, २०८२
बुटवल - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले शुभकामना आदान प्रदान गरेर १९ औँ जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ । बुधवार पार्टी कार्यालय माझगाउँमा कार्यक्रम गरेर दिवस मनाइएको हो । यस अघि पार्टी निकट दलित मुक्ति मोर्चाले कार्यक्रम गर्दै आइरहेकोमा यस वर्ष देखि पार्टीकै आयोजनामा कार्यक्रम गर्न सुरु गरिएको सो पार्टीले जानकारी दिएको छ ।