भैरहवा सेजमा खुल्यो १२ सयलाई रोजगारी दिने गार्मेन्ट उद्योग
बिहीबार, जेठ २२, २०८२
बुटवल - रुपन्देहीको भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा नेपालकै चर्चित व्यवसायिक घराना भाटभटेनीको लगानी भित्रिएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङसहितको समूहले १ अर्ब ५० करोड बढी लगानी गर्दै सेजभित्र अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको हो । भैरहवा सेज भित्र १ विगाह १३ कट्ठा क्षेत्रफलमा स्थापना हुने उद्योगको बुधवार भूमि पूजन गर्दै अध्यक्ष गुरुङले नेपालमै लगानीको वातावरण छ भन्ने सन्देश दिनका लागि उद्योग स्थापना गर्न लागिएको जानकारी दिए ।