सञ्चारगृहमा लैंगिक समानता सुनिश्चिताबारे बुटवलमा छलफल
बिहीबार, जेठ २२, २०८२
बुटवल - सञ्चार क्षेत्रभित्र लैङ्गिक र सामाजिक समावेशीकरणको अभाव रहँदै आएको सन्दर्भमा, सञ्चारीका समूह नेपालले सबै सञ्चार गृहहरूमा स्पष्ट र प्रभावकारी लैङ्गिक नीति बनाउन आग्रह गरेको छ।बुधवार बुटवलमा आयोजित अन्तर संवाद कार्यक्रममा समूहले सञ्चार गृहलाई लैङ्गिक समानता, सामाजिक न्याय र सबै लिङ्ग, जाति तथा समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्यो। सञ्चारीका समूहका अध्यक्ष कमला पन्थीले सञ्चार गृहमा लैंगिकमैत्री नीति बनाउनु महिला मात्रका लागि नभई पुरुष, तेस्रो लिङ्गी तथा विविध सामाजिक पृष्ठभूमिका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम भएको बताइन्।