विश्व वतावरण दिवस आज मनाइँदै
बिहीबार, जेठ २२, २०८२
काठमाडौँ- आज जुन ५ अर्थात् विश्व वातावरण दिवस। ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदैछ। देशका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो। आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसंघले जनाएको छ।