बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालन, २४ गते शुभारम्भ गरिने
शुक्रबार, जेठ २३, २०८२
बुटवल – बुटवलमा मधुमेह, थाइराइड तथा इन्डोक्राइन सेन्टर सञ्चालनमा आएको छ । काठमाडौँ महाराजगन्ज, नारायण गोपाल चोकमा रहेको मेट्रो काठमाडौँ अस्पताल र बुटवलमा रहेको प्याराडाइज हेल्थ केयरको सहकार्यमा डायबिटिज, थाइराइड एन्ड इन्डोक्राइन सेन्टर सञ्चालन गरिने भएको हो । सेन्टरको जेठ २४ गते औपचारिक शुभारम्भ हुनेछ । शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवलमै पहिलो पटक मधुमेह र थाइराइडका बिरामीहरूले विशेषज्ञ चिकित्सकको सेवा सहितको सेन्टर सञ्चालन सुरु गरिएको बताएको हो ।