अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श
शनिबार, जेठ २४, २०८२
बुटवल- अर्थशास्त्री विश्लेषक एवम् लेखक मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि अल्पविकासको अर्थ–राजनीति’ को बुटवलमा विमर्श भएको छ ।नेपालको आर्थिक विकासको स्वरुप, समाज र अर्थतन्त्रको चरित्र एवम् त्यसका जटिलता र चुनौतीहरूलाई गहन रूपमा विश्लेषण गरिएको सो पुस्तकको शनिवार बुटवलमा विमर्श गरिएको हो । विमर्श कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अर्थराजनीति समाज रुपान्तरणका लागि आवश्यक रहेको बताए । साथै उनले उक्त पुस्तकले नेपालको अर्थराजनीतिको सम्रग विषय समेटेको बताउँदै राजनीतिज्ञदेखि विद्यार्थी वर्गसम्मका लागि उपयोगि रहेको बताए ।