असाेज २ गतेदेखि बृहत्तर लुम्बिनी क्षेत्रबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने
बुधबार, भदौ ३१, २०८३
बुटवल- बुद्धजन्मस्थ लुम्बिनीमा यहि असोज २ गते देखि ४ गतेसम्म ‘बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, यूनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन हुने भएको हो । सम्मेलन लुम्बिनी स्थित बौद्ध विश्वविद्यालयमा हुनेछ । आयोजकले बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल (गणेश) ले उद्घाटन गर्ने छन् ।


-1792055189.jpg)