पाल्पा फोक्सिङकोटमा भेटियो यार्सागुम्बा
सोमबार, जेठ २६, २०८२
पाल्पा - हिमाली क्षेत्रमा मात्रै भेटिदै आएको बहुमूल्य जडिबुटी पाल्पामा पनि भेटिएको छ । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको हो ।राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे पुष्टि गरेको छ । डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेकोमा परीक्षण पश्चात यार्सागुम्बा पुष्टि भएको बताए ।