लुम्बिनी बौद्ध विश्वविद्यालय अवलाेकनमा शिक्षा मन्त्री
शुक्रबार, असोज १६, २०८३
लुम्बिनी-लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयलाई बौद्ध दर्शनमा केन्द्रित रहेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभएको छ। शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो विशिष्ट पहिचान कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन तथा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।


