सरकारले अनावश्यक कर लगाएको विरोधमा सुनचाँदी व्यवसायी
बुधबार, जेठ २८, २०८२
बुटवल - बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धारासाही बनाउने भन्दै आव्हान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।