न्याय परिषदद्धारा उच्चका ४ जना मुख्य न्यायाधीश सिफारिस
शुक्रबार, जेठ ३०, २०८२
काठमाडौं – न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो । प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन् । शुक्रबार नै चारैजनाको कार्यक्षेत्र पनि तोकिएको छ ।