
काठमाडौं – न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरु राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशले परिषदको सिफारिस अनुसार उनीहरुलाई नियुक्त गर्नेछन् । शुक्रबार नै चारैजनाको कार्यक्षेत्र पनि तोकिएको छ ।
भट्टराईलाई उच्च अदालत बिराटनगर तोकिएको छ भने कुँवर पाटनमा रहनेछन् । भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशको जिम्मेवारी तोकिएको छ ।
माघ, २०६४ भित्र सर्वोच्च अदालतमा सिफारिस हुन सकेमा मुख्य न्यायाधीश भट्टराई त्यसपछिको थप दुई वर्ष सर्वोच्च अदालतमा कार्यरत रहन पाउनेछन् । उनी सरकारी वकिल समूहबाट मुख्य रजिष्ट्रार बनेर भएर उच्च अदालतको न्यायाधीश बनेका थिए ।
सर्वोच्चका मुख्य रजिष्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीश बनाउने परम्परा रहेको तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पालामा उनी न्यायाधीश मात्रै बनेका थिए । न्यायपरिषदको नियमावली संशोधनले उनी र अर्का मुख्य न्यायाधीश कुँवरको जेष्ठताक्रम माथि आएको हो ।
अर्का मुख्य न्यायाधीश लालबहादुर कुँवर भट्टराईभन्दा आठ वर्ष कम उमेरका हुन् । उनलाई सर्वोच्च अदालतमा आउने पर्याप्त समय छ । मुख्य न्यायाधीश सिफारिस भएका भण्डारी र तिवारी लगभग उही उमेरका भएकाले उनीहरुलाई सर्वोच्च आउने दुई वर्षको समयमाक्रै छ ।
शुत्रबार नै न्यायपरिषद बैठकले बैदेशिक रोजगार न्यायाधीकरणमा काजमा रहेका उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगी उच्च अदालतको बीरगञ्ज इजलासमा सरुवा भएका छन् ।