लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा
शुक्रबार, जेठ ३०, २०८२
बुटवल– लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले लुम्बिनीका ४ जिल्लामा भूम्या पूजाको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको हो । सरकारले प्रदेशको रोल्पा, रुकुम पूर्व, प्युठान र दाङ जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्ने समुदायलाई असार १ विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।