Lumbini Rise
लुम्बिनीका ४ जिल्लामा असार १ गते सार्वजनिक विदा

बुटवल– लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले लुम्बिनीका ४ जिल्लामा भूम्या पूजाको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने भएको हो ।

सरकारले प्रदेशको रोल्पा, रुकुम पूर्व, प्युठान र दाङ जिल्लामा बसोबास गर्ने भूम्या पूजा गर्ने समुदायलाई असार १ विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

भूम्या खाम मगर बोल्ने मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् । वैशाख देखी भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने गरिए पनि असार १ गते प्रमुख अवसर हो ।

प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजापाठसँगै २२ चाल नाचिन्छ । आफ्नो भूमि र भूमि देवप्रतिको श्रद्धा यसको उद्देश्य रहँदै आएको छ । यो अवसरमा गाउँका भद्रभलाद्मी बसेर ‘जनप्रतिनिधि’ (थकाली–मुखिया–छान्ने परम्परा पनि छ ।

bhumya-puja-1749805967.jpg


 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update