बाग्लुङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू
शनिबार, जेठ ३१, २०८२
बागलुङ– बागलुङमा जिप दुर्घटनामा परी चारजनाको मृत्यू भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लुप्र०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं ५ बतासे डाँडामा दुर्घटना भएको हो ।