Lumbini Rise
बाग्लुङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू 

बागलुङ– बागलुङमा जिप दुर्घटनामा परी  चारजनाको मृत्यू भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा  दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । 

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लुप्र०१–००१–१७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका वडा नं ५ बतासे डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परि ढोरपाटन नगरपालिका–२ का नरबहादुर कार्की, भीम कुमारी बुढा, टिका कुमारी कुँवर र मन कुमारी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी र्दिए । 

कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा, थापाको मणिपाल अस्पताल पोखरामा र कुँवरलाई उपचारका लागि मणिपाल अस्पताल पोखरा लैजादै गर्दा बाटोमा नै मृत्यु भएपछि प्रहरीले जानकारी दिएको छ । कुंँवरको शव बाटोबाट बुर्तिवाङ नै फर्काइएको थियो । मृत्यु हुने तीन जनाको शव बुर्तिवाङ जिल्ला अस्पतालमा राखिएको छ ।

जीप दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्य सात जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि रिफर गरिएको र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकदेखि ६० मिटर तल खसेको थियो । 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update