गुल्मीको रुरु क्षेत्र गाउँपालिका र नागरिक लगानी कोषबिच सम्झौता
आइतबार, असार १, २०८२
गुल्मी – नागरिक लगानी कोष र गुल्मीको रुरु क्षेत्र गाउँपालिका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गरी सम्झौता गरेका हुन् । सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत रुरु क्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयंसेविकाको कल्याणकारी कोषबाट प्रतिस्वास्थ्य स्वयंसेविकाको मासिक आठ सय ३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।