साइकल सौन्दर्य पुस्तकका लेखकसँग बुटवलमा अन्तरक्रिया
मंगलबार, असार ३, २०८२
बुटवल– लेखक तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताबका बारेमा बुटवलमा अन्तरक्रिया गरिएको छ । सोमबार बुटवलस्थित हिमालय बुक हाउसमा लेखकसँग हस्थाक्षर तथा अन्तरक्रिया गरिएको हो । छलफलमा लेखक श्रेष्ठले साईकल सौन्दर्यका विविध पाटाहरुलाई किताबमा उल्लेख गरेको बताउँदै किताब र साईकलका बारेमा सुझाव समेत संकलन गरे ।