भैरहवाकाे एक स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यू
बुधबार, असार ४, २०८२
बुटवल– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको एक स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो सिद्धार्थनगर नगरपालिका १ स्थित अको पार्कमा पौडी खेल्ने क्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको नौतुनुवा स्थायी घर भएका १७ वर्षीय साइल अन्सासी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीले बताए ।